सरकारकाे निरन्तर प्रयासबाट अर्थतन्त्र सुधाराेन्मुखः अर्थमन्त्री पाैडेल

काठमाडाैं । उप- प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले सरकारकाे निरन्तर प्रयासबाट अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख भएको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८२८३ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पाैडेलले वर्तमान सरकार गठन हुँदाको समयमा सम्पूर्ण आर्थिक परिसूचकहरुले समग्र अर्थतन्त्र दबाबमा रहेको स्पष्ट संकेत गरेकाे भन्दै अहिले सुधाराेन्मुभउकाे बताए ।
उनले भने, ‘गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आथिृक वर्ष ४.६ प्रतिशत हुने प्रक्षेपण छ । उद्योग निमार्ण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरु धनात्मक वृद्धिदर हुने अनुमान छ ।विद्युत यातायात तथा भण्डारण वित्तिय तथा बिमा सेवा लगायतमा उल्लेखजिय वृद्धिदर हासिल हुने अनुमान छ ।’