आर्थिक वृद्धि ६ प्रतिशत र मूल्य वृद्धि ५.५ प्रतिशतको सीमाभित्र राख्ने सरकारको लक्ष्य « Arthapath.com
७ असार २०८३, आइतबार

आर्थिक वृद्धि ६ प्रतिशत र मूल्य वृद्धि ५.५ प्रतिशतको सीमाभित्र राख्ने सरकारको लक्ष्य



काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा ६ प्रतिशत आर्थिक वृद्धिकाे लक्षय राखेकाे छ ।

अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले आगामी आर्थिक वर्षमा बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट ६ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको हाे।

यस्तै आगामी आर्थिक वर्षमा मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अपेक्षा गरिएको छ।

यी लक्ष्य पूरा गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई प्रभावकारी रूपमा लागू गर्दै बजेटमा उल्लिखित नीति तथा कार्यक्रमको कार्यान्वयनमा सहयोग गर्ने तयारीमा रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्