क्रम्प्टन ”नयाँ वर्ष को ठूलो हर्ष” अभियान अन्तर्गत मासिक लक्की ड्र सम्पन्न-विजेता रूपा अकोलिया « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

क्रम्प्टन ”नयाँ वर्ष को ठूलो हर्ष” अभियान अन्तर्गत मासिक लक्की ड्र सम्पन्न-विजेता रूपा अकोलिया



काठमाडौं । सीजी इलेक्ट्रोनिक्सद्वारा सञ्चालन गरिएको क्रम्प्टन ”नयाँ वर्षको ठूलो हर्ष” नामक उपभोक्ता क्याम्पेन अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम जेठ ११ गते क्रम्प्टनको आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो, जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो।

यस महिनाको लक्की ड्र बाट रूपा अकोलिया विजेता घोषित भएकी छन्। उनले क्रम्प्टन ब्राण्डको उत्पादन चौधरी समूह अन्तर्गतको आधिकारिक डिलरमार्फत खरिद गरी, क्युआरकोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरेकि थिइन्। त्यसपछि कम्प्युटराइज्ड र्यान्डम प्रणालीबाट गरिएको ड्रमा उहाँ मिडिया १० केजी वासिङ मेसिन जित्न सफल भएकि हुन्।

क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स ८५ वर्षभन्दा बढीको इतिहास बोकेको, भारतकै नम्बर १ पंखा ब्रान्ड हो। यसले घरायसी प्रयोगका लागि पंखा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर, इन्डक्सन र अन्य धेरै उपकरणहरू उत्पादन गर्दै आएको छ। टिकाउ, उर्जासक्षम र प्रयोगमैत्री डिजाइन क्रम्प्टनका प्रमुख विशेषता हुन्।

सीजी इलेक्ट्रोनिक्स, चौधरी समूह अन्तर्गतको प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो। यसले नेपालभर आफ्नो शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत क्रम्प्टन लगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरू वितरण गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्