एक नेपाली निर्माण कम्पनीसहित दुई वटा विदेशी कम्पनी परे कालोसुचिमा « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

एक नेपाली निर्माण कम्पनीसहित दुई वटा विदेशी कम्पनी परे कालोसुचिमा



काठमाडौं । एक नेपाली निर्माण कम्पनी र दुई वटा विदेशी कम्पनी सोमबार कालोसुचिमा परेका छन् । सार्वजनिक खरिद ऐन अनुसार यी तिन कम्पनीलाई कालोसुचिमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

सोमबार बसेको बैठकले तिनै वटा कम्पनीर्ला कालेसुचिमा राख्ने निर्णय गरेको हो । कालोसुचिमा पर्नेमा नेपालको शंकरमाली निर्माण सेवा र जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच एसएमएनएस जेभी रहेका छन्।

शंकरमाली कम्पनीलाई एक बर्ष र मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच एसएमएनएस जेभीलाई दुई बर्षको लागि कालो सुचिमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्