स्मार्ट लाइसेन्स छपाइ तीन दिन बन्द हुने

काठमाडौं । अत्यावश्यक सवार चालक अनुमतिपत्र (लाइसेन्स) छपाई केही दिन बन्द हुने भएको छ । प्रिन्टर मर्मत गर्नुपरेकाले लाइसेन्स छपाई तीन दिन बन्द हुने भएको हो ।
यातायात व्यवस्था विभागका अनुसार आउँदो मंगलबार (जेठ २७ गतेदेखि) जेठ २९ गतेसम्म बन्द हुने भएको हो ।
अत्यावश्यक लाइसेन्स आवश्यक पर्ने सेवाग्राहलिे जेठ २५ गते आइतबार अगावै निवेदन बुझाई अप्रूभ भएको समेत एकिन हुन आग्रह गरेको छ ।
जेठ २७ गतेदेखि २९ गतेसम्म तीन दिन स्मार्ट कार्ड प्रिन्टिर मर्मत गनुपर्ने भएकाले अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाई कार्य बन्द हुने भएको छ ।
‘आवश्यक पर्ने सेवाग्राहीले जेठ २५ गते अगावै निवेदन बुझाई अप्रूभ भएको समेत एकिन गनुहुन अनुरोध छ’, विभागद्वारा जारी सूचनामा उल्लेख छ । ।