जेठ १५ गते र १९ गते बसेको मन्त्रीपरिषद् बैठकले सार्वजनिक गर्यो १४ निर्णयहरु

काठमाडौं । जेठ १५ गते र १९ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको १४ निर्णयहरु सार्वजनिक गरेको छ ।
१५ गते बसेको मन्त्रीपरिषद् बैठकले भन्सार महसुल ऐन, २०८१ के दफा १३ को उपदफा (३) बमोजिम सुचना जारी गर्ने र सो सुचना नेपाल राजपत्रमा अतिरिक्तांक गरी प्रकाशन गर्ने, हुलाक सेवा सम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, नेपाल सरकारको आर्थिक बर्ष २०८२ ०८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान संघिय संसदसमक्ष पेस गर्न स्वीकृत प्रदान गर्ने सम्बन्धी विधेयकको सिद्धान्त स्वीकृत गरेको हो ।
सरकारका प्रबक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री सुब्बा गुरुङले ४ विधेयक तर्जुमाका लागि स्वीकृत गर्नुका साथै मन्त्री, सचिव र मेयरको बिदेश भ्रमण समेत स्वीकृत गरिएको जानकारी दिएका छन् ।
यसैगरी जेठ १९ गते बसेको बैठकले असार ३ गते अष्ट्रियाको भियानामा आयोजना हुने ओपेक बिकास कोष फोरममा अर्थ मन्धालयमा सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने स्वीकृत गरिएको छ ।
यस्तै जेठ १५ गते बसेको मन्त्रीपरिषद् बैठकले ९ वटा र १९ गतेको बैठकले ५ वटा गरि १४ वटा निर्णय गरेको मन्त्री सुब्बाले जानकारी दिएका छन् ।

