हिम स्टार ऊर्जाको आईपीओ जेठ ३० देखि खुल्ने, क-कसले दिन पाउँछन् आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिम स्टार ऊर्जाको आईपीओ जेठ ३० देखि खुल्ने, क-कसले दिन पाउँछन् आवेदन ?



काठमाडाैं । हिम स्टार ऊर्जा कम्पनीले जेठ ३० गतेदेखि प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएकाे छ ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै सेयर निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँमध्ये ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि छुट्याइएको छ।

यस चरणमा आयोजना प्रभावित स्थानीयका लागि अंकिल मूल्य १०० रूपैयाँमा १ कराेड ८५ लाख ५० हजार रूपैयाँमा १ लाख ८६ हजार ५ सय कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ लाख २५ हजार रूपैयाँ बराबरकाे ९३ हजार २५० कित्ता छुट्याइएको छ।

वैदेशिक राेजगारीमा गएकाहरूले कम्पनीकाे आइपीओमा १० देखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटाेमा जेठ ३० र ढिलाेमा असार १३ गतेसम्म निष्कासन खुला रहने छ ।

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार, यी समूहका आवेदकहरूले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्