नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले इन्जिनियरहरुलाई बैंकिङ सेवामा विशेष छुट दिने « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले इन्जिनियरहरुलाई बैंकिङ सेवामा विशेष छुट दिने



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबिच व्यावसायिक सम्झौता भएको छ । 

नेपाल इन्भेस्टमेन्ट  मेगा बैंक र नेपाल इन्जिनियर्स एसोसिएसनबिच विस्तारित बैंकिंग सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो । 

नेपाल इन्भेस्टमेन्ट  मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसन तर्फ अध्यक्ष ई. सुभाष चन्द्र  बरालबाट हस्ताक्षर भई सो व्यावसायिक सेवा आरम्भ गरिएको हो । 

यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ । सोही सम्झौता अनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी बैंकको २७५ वटा शाखाहरू मार्फत  प्रोफेसनल बचत खाता खोली दस लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्गमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका  प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । 

यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरूले प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ । 


प्रतिक्रिया दिनुहोस्