शिव श्री हाइड्रोपावरले डाक्यो साधरण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

शिव श्री हाइड्रोपावरले डाक्यो साधरण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले आगामी असार ८ गते वार्षिक साधारण सभा बस्ने भएको हो । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरि पारित हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ । साथै, सभाले नयाँ सञ्चालक नियुक्त पनि गर्ने छ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्