प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले डाक्यो साधारण सभा « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले डाक्यो साधारण सभा



काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ ।

कम्पनीले दोश्रो वार्षिक साधारणसभा आगामी असार १६ गते गर्ने भउको हो । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले सभाका लागि मिति तय गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहित सबै वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

त्यस्तै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।

यसका साथै कम्पनीले सामाजिक उत्तरदायित्वमा गरेको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्