चार दिनदेखी बन्द रहेको कान्ति लोकपथ खुल्यो, ३० टनभन्दा धेरै क्षमता भएका गाडी नचल्ने

काठमाडौं । चार दिनदेखी पुर्णरुपमा बन्द रहेको हेटौँडा काठमाडौं जोड्ने कान्ती लोकपथ आईतबारदेखी खुलेको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ को बगुवा बागमति खोलामा बेलब्रिज पुल निर्माणको काम शनिबार सकिएपछि कान्ती लोकपथ आज बिहान साढे १० बजदेखी सडक सञ्चालनमा आएको मकवालपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जेठ २० गते प्रशासन कार्यालयले सुचना जारी गर्दै जेठ २१ गतेदेखी २४ गतेसम्म सडक पुर्णरुपमा बन्द गरी उक्त खोलामा पुल निर्माण कार्य थालनी गरेको जानकारी गराएको थियो ।
गतबर्ष असोजमा आएको बाढिले बागमति पुलको स्पान बगाएपछि माटो र बालुवाको मार्ग बनाई कान्थि लोगपथ सञ्चालनमा ल्याइएको थियो ।
सडक आयोजनाले बागमाति पुलको भारवहन क्षमता जम्म ३० टन मात्र रहेकाले क्षमता भन्दा धेरै भार भएका गाडी चल्न नदिन निगरानीका लागि मकवानपुर र ललिपुर जिल्ला प्रशासनलाई पत्र पठाएको छ ।