आज १६२ कम्पनीका लगानीकर्ताले गुमाए, प्रतिकित्ता कसले कति ?

काठमाडौं । आइतबार डेढ सय बढी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन १६२ वटा कम्पनीको सेयर भाउ घटेको हो ।
उक्त दिन ओम मेगाश्रीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता १८०.८४ रुपैयाँ घटेको हो ।
यस्तै, आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर भाउ ९.९९ प्रतिशत, समाज लघुवित्तको ८.२८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ७ .७३ प्रतिशत, उपकार लघुवित्तको ७ प्रतिशत, दोर्दी खोलको ६.०८ प्रतिशत, भुगोल इनर्जीको ६.०२ प्रतिशत घटेको छ ।
आज यीसहित १६२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

