दराज ६.६ मेगा मिड–इयर सेलमा भिभोको विशेष छुट र थप आकर्षक उपहारहरु « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

दराज ६.६ मेगा मिड–इयर सेलमा भिभोको विशेष छुट र थप आकर्षक उपहारहरु



काठमाडाैं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले दराज ६.६ मेगा मिड–इयर सेलको अवसरमा जुन ६ देखि जुन १० सम्म विशेष अफरहरू सार्वजनिक गरेको छ ।

यस मिड–इयर उत्सवले ग्राहकहरूलाई अतुलनीय डिल, थप आकर्षक उपहारहरू, र विशेष छुटहरू प्रदान गर्दै अनलाइन खरिदलाई पहिलेभन्दा अझै रोचक र लाभदायक बनाएको छ ।

नेपालभरका ग्राहकहरूलाई आफ्नो नवीन प्रविधि थप पहुँचयोग्य बनाउने उद्देश्यसहित भिभोले यस अफरमार्फत आफ्नो अनलाइन उपस्थिति विस्तार गर्दै आकर्षक डिलहरू प्रस्तुत गरेको छ । पाँच दिनको यस सेल अवधिमा, दराजमा भिभो स्मार्टफोनको हरेक खरिदमा भिभो बड्स, एप्रो १० इयरबड्स, र क्लिप बड्सजस्ता उच्च गुणस्तरका अडियो सामानहरू निःशुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।

आकर्षक उपहार बन्डलका अतिरिक्त, भिभोले आफ्नो भिभो वाई १९ एस र भिभो बड्समा पनि विशेष छुटहरू ल्याएको छ । भिभो वाई १९ एस अब रु. १,००० सम्मको मूल्य कटौतीका साथ उपलब्ध हुनेछ भने भिभो बड्समा ३३% छुट सहित मात्र रु. ३,९९९ मा उपलब्ध हुनेछ ।

“हामी दराजसँग ६.६ मेगा मिड–इयर सेलको लागि सहकार्य गर्न पाउँदा निकै उत्साहित छौं,” भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भने । “हाम्रो लक्ष्य सबैको रोजाइको ब्रान्ड बन्नु हो, र यसका लागि ग्राहकहरूले जहाँ जहाँ किनमेल गर्छन्, हामी त्यहाँ सजिलै उपलब्ध हुनुपर्छ।”

यो अभियानले भिभोको बजार उपस्थितिमा विविधता ल्याउने र डिजिटल क्षेत्रमा आफ्नो पकड बलियो बनाउने भिभोको प्रतिबद्धतालाई जोड दिन्छ, जसअन्तर्गत ब्राण्डले सबै वर्गका उपभोक्तालाई सहज र भरपर्दो प्रविधिमा पहुँच उपलब्ध गराउने उद्देश्य राखेको छ ।


प्रतिक्रिया दिनुहोस्