एनटीसी बिलिङ खरिद प्रकरण : साढे ३३ करोड भ्रष्टाचार गरेको भन्दै १८ जना विरुद्ध मुद्दा, कोको परे ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

एनटीसी बिलिङ खरिद प्रकरण : साढे ३३ करोड भ्रष्टाचार गरेको भन्दै १८ जना विरुद्ध मुद्दा, कोको परे ?



काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्झौतामा अनियमितता गरेको आरोपमा १८ जना कर्मचारी र सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त सम्झौतामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँको अनियमितता भएको आरोपसहित मुद्दा दायर गरेको हो ।

टेलिकमका तत्कालिन प्रबन्धक निर्देशक सुनिल पौडेल, तत्कालिन प्रमुख व्यावसायिक अधिकृत (हालको प्रबन्धक निर्देशक) संगीता पहाडी अर्याल, तत्कालिन प्रमुख प्राविधिक अधिकृत प्रतिभा बैद्य, तत्कालिन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ र तत्कालिन प्रमुख संचालन अधिकृत झविन्द्रलाल उपाध्याय लगायत उच्च अधिकारीहरूको संलग्नता रहेको आरोप छ ।

यस्तै, तत्कालिन निर्देशक विनिता श्रेष्ठ, निमित्त निर्देशक अमुल प्रधान, तत्कालिन प्रबन्धक देवेन्द्र खतिवडा, तत्कालिन उप–प्रबन्धकहरु राजिवव कुमार केसी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, हेमप्रभा रामप्रताप कर्ण, परमात्मा भट्राई लगायतका संलग्नता रहेको आयोगले जनाएको छ ।

साथै, एसिया इन्फो लिकेज टेक्नो (चीन) कम्पनीका लङ योङ, ह्वाङ योङ र लोकल एजेन्ट शैलेस श्रेष्ठको पनि संलग्नता रहेको अनुसन्धानले देखाएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार आरोपितहरूसँग रकम असुल गर्न माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्