पीपीए सम्झौताका लागि प्राधिकरणले बोलाएका ५५ हाइड्रोपावर कम्पनीहरु कुन-कुन हुन् ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले झन्डै पाँच दर्जन जलविद्युत कम्पनीक्ष्हरुलाई विद्युत खरिद सम्झौता (पीपीए ) गर्ने बोलाएको छ ।
प्राधिकरणले ५५ वटा जलविद्युत कम्पनीलाई पीपीए गर्ने उद्देश्यले आवश्यक विवरणसहित सम्पर्कमा आउन भनेको छ ।
कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका जलविद्युत् आयोजनाहरुको विद्युत् खरिद सम्झौता गर्न विभिन्न अध्ययन गरी प्राथमिकता अनुसारको सूचीतयार गर्न ती कम्पनीहरुलाई ४ दिनभित्र विवरण उपलव्ध गराउन प्राधिकरणले पत्रचार गरेको हो ।
