एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस कति ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

एशियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस कति ?



काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले ५.१० प्रतिशत बोनस शेयरले हुन आउने १७ करोड ३३ लाख ९१ हजार ६५२ रुपैयाँ र ०.२६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रु ९१ लाख २५ हजार ८७६
गरी कुल ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यो प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृति भइ कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन्। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।


प्रतिक्रिया दिनुहोस्