सुनकाे मूल्य घट्दा चाँदी बढ्याे, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं। साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य सामान्य घटेकाे छ । हिजो (आइतबार) एकैदिन तोलामा ३००० रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला एक लाख ९० हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यता आज चाँदीकाे मूल्य भने ताेलामा ५ रूपैयाँ बढेकाे छ । यस दिन चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदी प्रतितोला दुई हजार १४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।