चार जलविद्युत कम्पनीको सेयरमा लकलिन अवधि सकिने मिति नजिकियो, कुनको कहिले ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

चार जलविद्युत कम्पनीको सेयरमा लकलिन अवधि सकिने मिति नजिकियो, कुनको कहिले ?



काठमाडौं । चार जलविद्युत कम्पनीको सेयरको लकलिन अवधि सकिने मिति नजिकिएको छ ।

आगामी असार महिनामा चार हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि सकिने भएको हो ।

दोर्दीखोला जलविद्युत, विन्ध्यबासिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक र हिमालयन हाइड्रोपावरको असार महिनामा लकइन अवधि सकिन लागेको हो ।

विन्ध्यबासिनी हाइड्रोपावरको संस्थापक, कर्मचारी र स्थानीय प्रभावितको गरी कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरमा असार २ गते, दोर्दीखोला जलविद्युतको ८४ लाख १२ हजार ९६० कित्ता सेयरमा असार ७ गते, हिमालयन हाइड्रोपावरको ९० लाख २१ हजार ११५ कित्ता सेयरमा असार २७ गते र अपर सोलु हाइड्रो इलेक्ट्रिकको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरमा असार २९ गतेदेखि लकइन अवधि सकिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्