१० कार्तिक २०८३, मंगलबार

आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल, १९१ कम्पनीको सेयरभाउ बढ्यो



काठमाडौं । आधा दर्जन बढी कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । सोमबार ८ वटा कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

साताको दोस्रो कारोबार दिन बुटवल पावर, मकर जितुमाया, प्योर इनर्जी, दोल्ती पावर, विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको सेयर भाउ सर्किट लेभलमा वृद्धि भएको छ।

यस्तै, आज माया खोलाको सेयर मूल्य ९.८२ प्रतिशत, मेन्छियामको ९.२९ प्रतिशत, घलेम्दी हाइड्रोको ९.१४ प्रतिशत वृद्धि भएको छ । आज यी सहित १९१ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।