तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो सेयर ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो सेयर ?



काठमाडौं । सोमबार तीन वटा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

साताको दोस्रो कारोबार दिन राधी विद्युत कम्पनी, युनिभर्सल पावर र बुटवल पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको हो ।सोमबार कुल ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

उक्त दिन राधी विद्युतको सर्वाधिक ६२ करोड २८ लाख ३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । आज कम्पनीको ७ लाख ५० हजार ४३५ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता ८२६ रुपैयाँ रहेको छ ।

दोस्रो स्थानमा रहेको युनिभर्सल पावरको पनि ५४ करोड ९५ लाख १२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको ११ लाख ६५ हजार ४१९ कित्ता सेयर खरिदबिक्री भएको हो । यसको सेयर भाउ भने आज ४७२ रुपैयाँ कायम भएको छ ।

यता, बुटवल पावरको पनि ५१ करोड ३५ लाख रुपैयाँ बराबरको ७ लाख ६८ हजार ९०९ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर भाउ ७०२.५० रुपैयाँ छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड ८९ लाख, सीइडीबीको ३७ करोड ७९ लाख, ङादी ग्रुपको ३४ करोड ९५ लाख, चिलिमेको ३१ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया दिनुहोस्