प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्यन खान एमडीआरटी २०२६ का लागि छनोट

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान अन्तर्राष्ट्रिय स्तरको अत्यन्त प्रतिष्ठित मिलियन डलर राउन्ड टेबलको २०२६ का लागि छनोट भएका छन्।
यो उपाधि उनले पाँचौँ पटक लगातार हासिल गरेका हुन्, भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पहिलो एमडीआरटी २०२६ का लागि योग्य बनेका छन्।आर्यन खानले गत वर्ष विश्वप्रसिद्ध एमडीआरटी संस्थाको माथिल्लो तह सीओटी (कोर्ट अफ द टेबल) सम्मका लागि योग्य भएका थिए ।
एमडीआरटी विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रका उत्कृष्ट पेशेवरहरूको संगठन हो, जसले उच्चतम स्तरको व्यावसायिकता, निष्ठा र सेवाप्रति समर्पणको पहिचान दिन्छ। आर्यन खानको निरन्तर प्रतिबद्धता, नेतृत्व क्षमता र ग्राहकप्रति समर्पित सेवा भावनाले उनलाई बीमा क्षेत्रको एक अग्रणी व्यक्तित्वको रूपमा स्थापित गरेको छ।
“यो सफलता मेरो मात्र होइन। यो मेरो ग्राहकहरू(बीमितहरू), मेरो टिम र हामीले अङ्गालेको विश्वासको उपलब्धि हो। हरेक पॉेलिसीसँगै हामी केवल बीमा मात्र गर्दै छैनौं, भविष्य बनाउँदैछौं” उनले भने ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्यन खानको यो ऐतिहासिक सफलतामा सधै साथ रहने र हौसला प्रदान गर्ने जनाएको छ ।