ग्वार्कोको ओभरपास सञ्चालनको तयारी अन्तिम चरणमा, असार ६ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने « Arthapath.com
२ असार २०८२, सोमबार

ग्वार्कोको ओभरपास सञ्चालनको तयारी अन्तिम चरणमा, असार ६ गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने



काठमाडौं । ललितपुरको व्यस्त ग्वार्को चोकमा निर्माण सम्पन्न भएको ओभरपास अब केही दिनमै सञ्चालनमा आउने भएकाे छ।

ओभरपासको प्रमुख संरचनाहरू अहिले पूर्ण रूपमा तयार भइसकेका छन् भने आगामी असार ६ गतेदेखि ओभरपासबाट सवारीसाधनहरू दौडिन थाल्नेछन्।

यसकाे उद्घाटनको लागि विशेष तयारी थालिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन समारोहसँगै ओभरपास सवारी आवागमनका लागि खुला गरिनेछ।

यो ओभरपास सञ्चालनमा आएपछि ग्वार्को क्षेत्रमा वर्षौंदेखि रहँदै आएको सवारी जाममा ठूलो मात्रामा सुधार हुने अपेक्षा गरिएको छ। यात्रुहरूलाई अब घण्टौंको ट्राफिक झेल्नुपर्ने छैन।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल स्वयं सडक विभागका अधिकारीहरू सहित ओभरपासको निरीक्षणमा पुगेका थिए। निरीक्षणपछि उनले बाँकी काम चाँडो सकाएर सवारी सञ्चालन सुनिश्चित गर्न निर्देशन समेत दिएका थिए।


प्रतिक्रिया दिनुहोस्