६५ प्रतिशत हकप्रद सेयर गर्दै जोशी हाइड्रोपावर, बुक क्लोज कहिले ?
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
हकप्रद सेयर बिक्री गर्न कम्पनीले बुक क्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि असार ८ गते बुक क्लोज गर्ने भएको हो । यसका आधारमा असार ७ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले २४ लाख १४ हजार १०० कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल २४ करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ ।















