सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्न थाल्यो

काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको दोस्रो कारोबार दिन पनि बजार सामान्य अंकले वृद्धि भएको छ ।
सोमबार बजार ३.४० अंक वृद्धि भएको हो । योसँगै आज बजार परिसूचक २ हजार ६५९.२६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज बैंकिङ्ग समूह ८.१४ अंक, विकास बैंक ११.१५ अंक, होटल तथा पर्यटन समूह ३०८.०२, जीवन बीमा समूह ४९.७० अंक, माइक्रोफाइनान्स ३७.२९, निर्जीवन बीमा ४६.९४ अंक वृद्धि भएको छ। म्युचुअल फन्डमा पनि झिनो बढोत्तरी देखिएको छ ।
यी बाहेकका अन्य समूह भने आज घटेका छन् ।
बजारसँगै कारोबार रकम पनि वृद्धि भएको छ। सोमबार १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनेबच भएको हो ।