प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै « Arthapath.com
४ असार २०८२, बुधबार

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै



काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ।

बैठकमा प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।

उक्त बैठकमा प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्दै आएको अवरोध, हालका राजनीतिक गतिविधिहरू तथा संसदको सहज सञ्चालनबारे छलफल हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्