बिहिबारदेखि देशैभर ‘केटीएम होल नेपाल एक्सचेन्ज एण्ड फाइनान्स क्याम्प’ सुरु

काठमाडौं। प्रिमियम मोटरसाइकल ब्रान्ड केटिएमले ‘केटीएम होल नेपाल एक्सचेन्ज एण्ड फाइनान्स क्याम्प’ को घोषणा गरेको छ, जुन आगामी १९ जून २०२५ बाट देशभरका सबै अधिकृत केटीएम शोरूमहरूमा सुरु हुँदैछ।
उक्त क्याम्पमार्फत मोटरसाइकल पारखीहरूले आफ्नो पुरानो बाइक सजिलै एक्सचेन्ज गरी नयाँ केटीएम बाइक प्राप्त गर्न सक्नेछन्। साथै, वित्तीय सुविधाको सहज पहुँचमार्फत केटीएम बाइकको स्वामित्वलाई अझ सरल र सुलभ बनाउने लक्ष्य राखिएको छ।
क्याम्प अन्तर्गत ग्राहकहरूले नागरिकताको आधारमा सरल एक्सचेन्ज प्रक्रिया अपनाउन सक्नेछन् भने पुराना मोटरसाइकलमा अतिरिक्त रू. १५,००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। साथै, प्रत्येक नयाँ केटीएम बाइक खरिदमा निःशुल्क ब्रान्डेड हेल्मेट पनि प्रदान गरिनेछ।
यसका अतिरिक्त, लोकप्रिय मोडल केटिएम २५० ड्यूक अब नयाँ मूल्य रु. ७ लाख १३ हजार ९००मा उपलब्ध हुनेछ, र ग्राहकहरूले आगामी आर्थिक वर्षसम्म कर तिर्नुपर्ने झन्झटबाट पनि मुक्त रहनेछन्।
सीमित अवधिको लागि सञ्चालन हुने यो विशेष क्याम्पले सम्पूर्ण नेपालभरका ग्राहकहरूलाई लक्षित गरेको छ। इच्छुक ग्राहकहरूलाई नजिकको अधिकृत केटीएम शोरूममा चाँडै सम्पर्क गर्न अनुरोध गरिएको छ। फाइनान्स सेवा पनि पार्टनर बैंकहरूमार्फत उपलब्ध गराइनेछ।