पहिरोले अरनिको राजमार्ग र महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरूद्ध, अन्य सडकको अवस्था कस्तो छ ? « Arthapath.com
५ असार २०८२, बिहीबार

पहिरोले अरनिको राजमार्ग र महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरूद्ध, अन्य सडकको अवस्था कस्तो छ ?



काठमाडाैं । सिन्धुपाल्चोकको विभिन्न ३ स्थानमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ ।

असार १ गते भाेटेकाेशी गाउँपालीका २ काेदारी, असर ३ गते भाेटेकाेशी गाउँपालीका २ काेप्लाङ र भाेटेकाेशी गाउँपालीका ३ लार्चामा पहिराे जाँदा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएकाे हाे ।

खोलाहरूमा बाढी आएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ । सडक बन्द भएपछि यात्रु मर्कामा परेका छन् । सवारीसाधन सडकमै लाइन लागेका छन् ।

यस्तै सोमबारदेखि आएको वर्षाका कारण देशका अन्य मुख्य सडकहरु पनि अवरुद्ध बनेका छन् । महेन्द्र राजमार्ग र बेनी जोमसोम सडक खण्ड र भेरी करिडाेर पनि पूर्ण रूपमा अवरूद्ध छ ।

यस्तै नारायणघाट मुग्लिन सडक खण्ड, विपी राजमार्ग र कालिगण्डकी करिडोर र जुम्ला मुगु सडक खण्डमा भने एकतर्फि यातायात सञ्चालन भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्