सिटिजन्स क्यापिटलले असार १३ गतेदेखि ‘सिटिजन्स सदाबहार’ योजना बिक्री गर्दै « Arthapath.com
५ असार २०८२, बिहीबार

सिटिजन्स क्यापिटलले असार १३ गतेदेखि ‘सिटिजन्स सदाबहार’ योजना बिक्री गर्दै



काठमाडौं । सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष ‘सिटिजन्स सदाबहार’ योजनाको इकाई बिक्री गर्ने भएको छ ।

क्यापिटलले असार १३ गतेदेखि सो म्युचुअल फन्ड सार्वजनिक निष्काशनमा ल्याउने भएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेश्नललाई सुरक्षित राखेको छ । बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई प्रथम चरणको निष्काशनमा ल्याउन लागेको हो । यो योजना खुलामुखी प्रकृतिको योजना हो । यसको कुल आकार ५० करोड रुपैयाँ रहेको छ ।

उक्त योजनाको इकाईमा असार १७ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भने असार २७ गतेसम्म लम्बिनेछ ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्