५० प्रतिशत हकप्रद सेयर ल्याउँदै सर्वोत्तम स्टील्स « Arthapath.com
६ असार २०८२, शुक्रबार

५० प्रतिशत हकप्रद सेयर ल्याउँदै सर्वोत्तम स्टील्स



काठमाडौं । सर्वोत्तम स्टील्सले हकप्रद सेयर जारी गर्ने भएको छ । आइपीओ निष्काशनको पनि तयारीमा रहेको कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ ।

हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित असार २५ गते विशेष साधारणसभा बोलाएको छ ।

सभामा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै हकप्रद निष्काशनपछि पुँजी थप हुने भएकोले सोहि बमोजिम प्रबन्धपत्र र नियमावली आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुनेछ ।

बिक्री प्रबन्धकमा भने प्रभु क्यापिट लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्