हिमालयन एभरेष्ट इन्स्योरेन्सकि सिइओ श्रेष्ठ ‘बेष्ट वुमन सिइओ इन स्ट्याटजिक लिडरसिपबाट सम्मानित « Arthapath.com
८ असार २०८२, आईतबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सकि सिइओ श्रेष्ठ ‘बेष्ट वुमन सिइओ इन स्ट्याटजिक लिडरसिपबाट सम्मानित



हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । श्रेष्ठलाई वुमन्स ट्याब्लोइड ‘द भ्वाइस अफ द वुमन’ ले ‘बेष्ट वुमन सिइओ इन स्ट्याटजिक लिडरसिप जनरल इन्स्योरेन्स २०२५’ द्वारा सम्मान गरिएको हो ।

उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, “यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि मात्र नभई यो समग्र नेपाली बीमा उद्योगको उपलब्धी हो र यसमा सक्रिय सम्पूर्ण महिलाको सामूहिक पहिचान पनि हो ।” उनले आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई पनि यस सफलताको मूल आधार मानेकी छन् ।

बेलायतमा मुख्यालय रहेको वुमन्स ट्याब्लोइड एक अन्तर्राष्ट्रिय सञ्चार संस्था हो, जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा विशिष्ट योगदान दिने महिलाहरूको पहिचान र सम्मान गर्दै आएको छ । हरेक वर्ष विश्वभरका प्रेरणादायी महिलाहरूलाई विविध विधामा सम्मान गर्नेक्रममा यसवर्ष श्रेष्ठले बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व अवार्ड हात पार्न सफल भएकी हुन् ।

वुमन्स ट्याब्लोइडका व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’कोस्टाले भने, “महिलाहरूले व्यवसाय र नेतृत्वमा पु¥याएको योगदान अद्वितीय छ । हाम्रो प्रयास उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु हो ।”

श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवीनता, पारदर्शिता र ग्राहकमुखी सेवामा उल्लेखनीय सुधार ल्याएको छ । रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल प्रविधिको प्रयोग र संस्थागत सुशासनमार्फत कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति हासिल गर्दै आएको छ ।

उक्त सम्मान श्रेष्ठको रणनीतिक सोच, दूरदृष्टि र नेतृत्व क्षमताको विश्वव्यापी मान्यता मात्र नभई नेपाली बीमा क्षेत्रको समग्र प्रगतिको सन्देश पनि हो ।


प्रतिक्रिया दिनुहोस्