सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने सस्तिएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा १७ सय रुपैयाँ घटेको छ ।
साताको तेस्रो कारोबार दिनका लागि सुनको भाउ १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार भने १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर २ हजार १७० रुपैयाँ कायम भएको छ । सोमबार नेपाली बजारमा २ हजार १६० रुपैयाँ किनबेच भएको थियो ।