भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन « Arthapath.com
१० असार २०८२, मंगलबार

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन



काठमाडाैं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहने छन्। समितिलाई भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखामा देखिएको अनियमितता र सम्भावित दुरुपयोगबारे छानबिन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने म्याद दिइएको छ।

यसअघि, जेठ ३० गते सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच दुई बुँदे सहमति भएको थियो, जसअनुसार भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरिने तय भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राप्रपा लगायतका दलहरूले उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएका थिए।

सरकारको यस निर्णयले लामो समयदेखि चर्चामा रहेको भिजिट भिसा काण्डको वास्तविकता पत्ता लगाउने दिशा खोल्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्