बजेट विधेयक आजै पारित गराउने सत्तारुढ दलको निर्णय

काठमाडाैं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूकाे बैठकमा सरकारले जेठ १५ गते सङ्घीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयक पारित गराउने निर्णय भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो ।
बजेटमाथिको छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले जवाफ र स्पष्टीकरण दिएपछि आजै प्रतिनिधिसभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बजेटमा प्रस्तावित ‘टेक एन्ड पे’ का विवषयमा एमाले र नेपाली कांग्रेसबीच समझदारी भइसकेकाले बजेट पारित गराउने विषयमा छलफल भएको जानकारी दिए ।