पतञ्जलि जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित

काठमाडौं । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा पेश भएका छन् ।
नेपालले अदालतमा उपस्थित हुन निवेदन दिएका थिए, जुन स्वीकृत भएपछि उनी बुधबार अदालत पुगेका हुन् । अब बयान लिने प्रक्रिया सुरु हुनेछ ।
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।