रौतहटमा आइएमई समूहको अत्याधुनिक फाइबर सिमेन्ट बोर्ड उद्योग, आज उद्घाटन हुँदै (भिडियाे)

कठमाडौं । सेवामूलक क्षेत्रमा लगानी गर्दै आएको आइएमई ग्रुपले पहिलोपटक एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्राली स्थापना गरेको छ ।
यस अघि महोत्तरीको गौशालामा नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा ल्ययाएको आइएमई ग्रुपले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ६ मा ‘एभरेस्ट फाइबर बोर्ड’ उद्योग स्थापना गरेको हो ।
देशको सेवा क्षेत्रमै आफूलाई उचाइमा पु¥याएको आइएमई समूह अब भने उत्पादनमूलक उद्योगतर्फ पनी मोडिएको छ। करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको पूँजी विनियोजन गरिएको उक्त उद्योगगको आज अपह्रान्न ३०ः ३० बजे वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
चार बिघा जमिनमा फैलिएको यो उद्योगले देशकै पहिलो अत्याधुनिक सिमेन्ट फाइबर बोर्ड उत्पादन गर्ने दाबी गरेको छ। अझ विशेष कुरा के छ भने, उद्योग स्वदेशमै निर्माण भइरहेको छ, र ९५ प्रतिशतभन्दा बढी कच्चा पदार्थ स्वदेशमै उपलब्ध हुने बताइएको छ।
सम्भावना र उत्पादन क्षमताका हिसाबले हेर्दा, दैनिक ७० हजार वर्गफिट बोर्ड उत्पादन गर्न सक्ने यो उद्योगले नेपालमा हिजोआज आयात गरिँदै आएको दुई अर्बभन्दा बढीको सिमेन्ट फाइबर बोर्डको स्थान लिन सक्ने स्पष्ट संकेत दिएको छ।
महोत्तरीको गौशालामा पेपर उद्योग स्थापना गरेर उत्पादन क्षेत्रमा पाइला चालिसकेको समूहले अब रौतहटमा यो फाइबर बोर्ड उद्योगमार्फत आयात प्रतिस्थापन मात्र नभई निर्यातको ढोका पनि खोल्न लागेको कम्पनीले जनाएको छ ।
एभरेष्ट फाइबर बोर्ड उद्योगमा सन् २०२२ मा उत्पादित अत्याधुनिक चिनियाँ प्रविधिको मेसिन जडान गरिएको छ। उद्योगबाट ४ देखि ३० मिलिमिटरसम्मका सिमेन्ट फाइबर बोर्ड उत्पादन हुनेछन् । सिमेन्टमा फाइबर मिसाएर प्रुफ र नन–वाटर प्रुफ बोर्ड बोर्ड तयार गरिने छ ।
उद्योगको उत्पादनमा करिव ५० प्रतिशत सिमेन्ट र अरु ५० प्रतिशत फाइबर लगायत अन्य कच्चा पदार्थ प्रयोग हुने बताइएको छ। ९५ प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ प्रयोग हुने दाबी छ ।
यो उद्योगले नेपालको निर्माण सामग्री बजारमा एक गुणस्तरीय र भरपर्दो विकल्पको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ।
निर्माण क्षेत्रका लागि अत्यन्त उपयोगी मानिने सिमेन्ट फाइबर बोर्डले घर, कार्यालय र औद्योगिक संरचनामा बहुआयामिक प्रयोगका सम्भावना बोकेको छ।
वातावरणमैत्री प्रविधिमा आधारित यो उद्योगले उच्च गुणस्तरका सामग्री उत्पादन गर्दै प्रतिस्पर्धी बजारमा मजबुत उपस्थिति जनाउने तयारी गरेको छ।
उद्योगले केवल उत्पादन मात्र होइन, स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने ठूलो सम्भावना बोकेको छ।
‘एभरेस्ट फाइबर बोर्ड’ उद्योग हेर्नुस भिडियाेमाः