आज १२५ कम्पनीका लगानीकर्ताले गुमाए, जोशी हाइड्रोपावर र हिमालयन पावरको सर्वाधिक « Arthapath.com
११ असार २०८२, बुधबार

आज १२५ कम्पनीका लगानीकर्ताले गुमाए, जोशी हाइड्रोपावर र हिमालयन पावरको सर्वाधिक



काठमाडौं । बुधवार १२५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज जोशी हाइड्रोपावर र हिमालयन पावरको सेयर भाउ उच्च दरमा घटेको छ ।

साताको चौंथो कारोबार दिन जोशी हाइड्रोपावरको सेयर भाउ ९.५१ प्रतिशत अर्थात् प्रतिकित्ता ३८.१५ रुपैयाँ घटेर ३६२.९२ रुपैयाँ कायम भएको छ । यता, हिमालयन पावरको पनि ९.०२ प्रतिशत अर्थात् प्रतिकित्ता ५४.५५ रुपैयाँ घटेर ५५०.०३ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज दोर्दी खोला जलविदुत कम्पनीका लगानीकर्ताले पनि ४.६३ प्रतिशत गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्