असार २७ गतेसम्म लम्बियो छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ ।
माग बमोजिम आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको हो । अब असार २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले गत जेठ २३ गतेदेखि १ः१ अनुपातमा १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको छ ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।