२६ सयको बिन्दुबाट तल झर्यो नेप्से, ७ अर्ब ७८ करोडको कारोबार

काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन बिहिबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से घटेकाे छ । यसदिन नेप्से परिसूचक ४.४५ अंकले घटेर २५ सय ९५ दशमलव ७४ विन्दुमा झरेकाे छ ।
नेप्से परिसूचक घटे पनि आज काराेबार रकम भने बढेकाे छ । आज ३०६ कम्पनीकाे १ कराेड ९६ लाख ५० हजार २१० कित्ता सेयर खरिदबिक्रि हुँदा ७ अर्ब ७८ कराेड २ लाख ४२ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
आज ९३ कम्पनिकाे सेयर मूल्य बढेकाे छ भने १५५ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यसदिन विकास बैंक, जलविद्युत, माइक्राेफाइनान्स, म्युच्युअल फण्ड र व्यापार समुह बढेका छन् भने बाँकी सबै घटेका छन् ।