सहकारी कर्जा असुलीका लागि न्यायाधीकरण गठन « Arthapath.com
१३ असार २०८२, शुक्रबार

सहकारी कर्जा असुलीका लागि न्यायाधीकरण गठन



काठमाडौं । सरकारले कृतिबहादुर बस्नेतको अध्यक्षतामा कर्जा असुली न्यायाधीकरण गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

न्यायाधीकरणका सदस्यमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै छन् ।

सहकारी कर्जा असुलीसम्बन्धी विवाद समाधानका लागि यसअघि कुनै विशेष निकाय थिएन। सहकारी ऐन २०७४ मा व्यवस्था भए पनि कार्यान्वयन हुन सकेको थिएन । विभिन्न छानबिन समितिको सिफारिसपछि न्यायाधीकरण गठन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्