विद्यालाई साक्षी राखेर ओलीले भने ‘देशको राजनीति मदनको विचारलाई मानेर अघि बढिरहेको छ’  « Arthapath.com
१४ असार २०८२, शनिबार

विद्यालाई साक्षी राखेर ओलीले भने ‘देशको राजनीति मदनको विचारलाई मानेर अघि बढिरहेको छ’ 



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि नेपालको राजनीति मदन भण्डारीको विचारमा अघि बढिरहेको बताएका छन् । 

शनिवार जननेता मदन भण्डारीको ७४ औँ जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘मदन भण्डारीले देशको राजितीलाई पु¥याउनु भएको योगदान भुल्नु सकिन्न ।’ 

तत्कालीन अवस्थामा देशमा वामपन्थी र समाजवादी आन्दोलनमा समस्या पैदा भएको थियो । ओलीले भने त्यसलाई समाधान गर्न मदन भण्डारीले व्यवहारिकताका साथ अघि बढाए । 

मदन भण्डारी फाउन्डेसनको आयोजनामा काठमाडौँमा कार्यक्रम आयोजना गरिएको कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । 

जननेता भण्डारीले नयाँ बाटोमा देश र वामपन्थी आन्दोलन अघि बढ्नुपर्छ । एमालेको ५औँ महाधिवेशनमा जनताको बहुदलीय जनवाद सुदृढीकरण ग¥यौं । आजभन्दा साँढे ३ दशकअघि मैले भनेको थिएँ । जनताको बहुदलीय जनवादको जगमा कार्यनीति बनाइएको थियो ।

‘मदन भण्डारीलाई देखाएर महाकाली सन्धि सम्झौता देखाएर पार्टीमा आक्रमण गरियो, महाकाली सन्धि कार्यान्वयन गर्न अहिले पनि सरकार तयार छ ।’ 

नेकपा एमाले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको पक्षमा रहेको उल्लेख गर्दै त्यसमा एक इन्च पनि तलमाथि हुन नदिने ओलीले बताए । 


प्रतिक्रिया दिनुहोस्