मदन भण्डारीको ४ ओटी श्रीमती छन् भनेर आरोप लगाइयो: केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस बेलाको राजनीतिलाई कमजोर बनाउन मदन भण्डारीमाथि अनेक आरोप लगाइएको आरोप लगाएका छन् ।
शनिवार भृकुटीमण्डपमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीले भण्डारीका ४ ओटी श्रीमती छन् भनेर समेत आरोप लगाइयो ।
कुनै आधार नभएका झुटा लाञ्छना पनि मदनमाथि लगाइयो । सहकारी ठग भनेर पनि उनीमाथि आरोप लगाइयो ।
महाकाली परियोजना कार्यान्वयन गर्ने पक्षमा हामी रहेका छौँ । त्यो अन्तर्गत पञ्चेश्वर परियोजना अघि बढाउँछौँ ।
व्यक्तिगत स्वार्थ बोकेकाहरूले मदनका विचार बोकेर पार्टी बनाउन नसकी पार्टी नै सिद्ध्याउन लागेको ओलीको आरोप थियो । माधव नेपालप्रति लक्षित गर्दै ओलीले भने एमाले कुनै कमजोर शक्ति नभएको बुझ्न आग्रह गरे ।
उनले मोटर चढेर रारा अव छिट्टै जाने दिए आएको पनि बताए । छिट्टै रारा सम्म मात्र होइन हुम्ला सदरमुकामसम्म पुग्ने बाटो बनेको बताए ।
मदन जयन्ती भाड्न लागेकोप्रति केपी ओलीले संचारमाध्यामले गलत विश्लेषण गरेको बताए । उनले म आउने कार्यक्रम नभाँडिने ओलीले बताए ।