बैंकिङ्ग प्रणालीमा अधिक तरलता, व्यवस्थापनका लागि ३० अर्ब खिच्दै केन्द्रिय बैंक « Arthapath.com
१५ असार २०८२, आईतबार

बैंकिङ्ग प्रणालीमा अधिक तरलता, व्यवस्थापनका लागि ३० अर्ब खिच्दै केन्द्रिय बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि ३० अर्ब तान्ने भएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले आजै अर्थात् असार १५ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम ६३ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । यस बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न पनि सकिने छ । साँवा तथा ब्याज भुक्तानी भने अगामी भदौ १५ गते हुनेछ ।

86.-DC_NOtice-2082.03.15


प्रतिक्रिया दिनुहोस्