कार्यक्रम व्यवस्थापन संघमा नयाँ नेतृत्व, अध्यक्षमा राजेन्द्र लुईटेल

काठमाडौं। कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन एवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम आयोजक एवं ईभेन्ट व्यवस्थापकहरुको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुईटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएका हुन ।
राजधानीको लाजिम्पाट बुटिक होटलमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ्ग, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल,सचिवमा विपिन पोखेरल,कोषाध्यक्षमा मनोज थापा र्निविरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सहसचिवमा भागिरथ कुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहूल बन्जाडे, पूजा रेग्मि र लोमस कार्की निर्वाचित भएका थिए ।
निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल निर्वाचन अधिकृत रहेका थिए ।
प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीहरुलाई प्रमुख अतिथि तथा विशिष्ठ अतिथि डा.अर्पणा शाह लगायतका अतिथिहरुले प्रमाण पत्र सहित वधाई दिएका थिए । अधिवेशन तथा चुनावी सभालाई पर्येवक्षकका रुपमा विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारी रहेका थिए ।
देशभरका १२० भन्दा वढि ईभेन्ट आयोजक तथा कम्पनीहरुको सहभागिता रहेको सोही महाधिवेशनबाट ३ जनालाई सल्लाहकार चयन गरिएको थियो । वरिष्ठ चिकित्सक एवं गीतकार डा भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा टिचिङ्ग अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्व गर्भनर डा.सुशिला मल्ललाई सल्लाहकारको प्रमाण पत्र प्रदान गरिएको थियो ।
सोही समारोहमा संघका निवर्तमान अध्यक्ष लव बहादुर कार्कीलाई संरक्षकको रुपमा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण विएम आचार्यले गरेका थिए ।