पसल बन्द गरे पनि सुनचाँदीको मूल्य निर्धारण हुँदै, आज तोलामा ३०० रूपैयाँले घट्यो

साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आइतबार ताेलामा १००० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा ३०० रूपैयाँले घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य १ लाख ८८ हजार १०० रूपैयाँ निर्धारण गरिएकाे छ । हिजाे छापावाल सुनकाे मूल्य १ लाख ८८ हजार ४०० रूपैयाँ कायम गरिएकाे थियाे ।
यता आज चाँदीकाे मूल्य भने ताेलामा १० रूपैयाँले बढेकाे छ । आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ५० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीकाे मूल्य निर्धारण गरिए पनि व्यवसायीहरकाे आन्दोलनका कारण पसलहरू भने खुल्न सकेका छैनन् ।
आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेका हुन् ।