महासचिव पोखरेलको विकास दर्शन : ‘अर्थनीति फेरौं, सोच बदलौं’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रिय हुनका लागि राज्यले नधान्ने माग राख्नु अनुचित भएको बताए ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले विकास र समृद्धिका लागि तीनै तहका सरकारलाई आफ्नो सामथ्र्य बढाउन आग्रह गरेका छन् ।
उनले सरकारलाई सामथ्र्य बढाउनका लागि सात वटा सुझाव समेत दिएका छन् ।
अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनु सरकारको सामथ्र्य बढाउने पहिलो प्रयास हुने उल्लेख गरेका छन् ।
यसैगरी राजश्व परिचालन गरी स्रोत वृद्धिको प्रभावकारी योजना बनाउन पनि उनले तीनै तहका सरकारलाई सुझाएका छन् ।
महासचिव पोखरेलले तोकिएको समयमा योजना अनुसारको कार्यसम्पादनमा जोड दिन पनि आग्रह गरे । पोखरेलले सरकारहरुले सुचना प्रविधिको अधिकत्तम प्रयोग गरेर सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सुझाव दिए ।
यसैगरी मागमा आधारित भन्दा योजनामा आधारित कार्यक्रमलाई जोड दिनुपर्ने र सरकारहरुले आफूले गरेका कामको अभिलेखिकरण र मूल्यांकन प्रकृयालाई प्रभावकारी बनाउन आग्रह उनको आग्रह छ ।
यी सबै काम गर्न आफ्नो तहको प्रशासनिक र संरचनागत सुधार गर्दै कार्य दक्षता र जवाफदेहिता अभिवृद्धिमा जोड दिनुपर्ने महासचिव पोखरेलले उल्लेख गरेका छन् ।