यूनाइटेड अजोड इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे। कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि असार १९ गते बुक क्लोज गर्दै छ ।
त्यसैले आजसम्म नेप्सेमा कारोबार भई नाममा रहेका शेयरधनीहरूले आगामी साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले ३१औँ वार्षिक साधारण सभा असार ३० गते, सोमबार, बिहान १०ः३० बजे काठमाडौँको अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्ट प्रालि, भाटभटेनीमा बोलाएको छ।
सभामा हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।
साथै, बोनस वितरणपछि कायम हुने पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन, प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने, नयाँ सञ्चालकहरूको नियुक्ति स्वीकृत गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू समेत सभामा प्रस्तुत गरिनेछन्।