बीमा दाबी लिन बाँकी बीमितलाई ७ दिनभित्र सम्पर्कमा आउन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह « Arthapath.com
१९ असार २०८२, बिहीबार

बीमा दाबी लिन बाँकी बीमितलाई ७ दिनभित्र सम्पर्कमा आउन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा दाबी फर्छ्यौट नहुने अवस्थामा रहेका बीमितलाई आवश्यक कागजातसहित कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको छ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको सूचनामा बीमा दाबी लिन बाँकी रहेका बीमितहरूलाई तत्काल सम्बन्धित सर्भेयर वा कम्पनीको केन्द्रीय तथा शाखा कार्यालयमार्फत आवश्यक कागजात बुझाउन आग्रह गरिएको छ।

“विभिन्न माध्यमबाट पटक–पटक सम्पर्क गर्दा पनि कतिपय बीमितहरूले आवश्यक कागजात नपेस गरेका कारण बीमा दाबी फर्छ्यौट प्रक्रिया अघि बढ्न सकेको छैन,” सूचनामा भनिएको छ, “त्यसैले सात ९७० दिनभित्र कागजात बुझाई दाबी प्रक्रिया टुंग्याउन अनुरोध गर्दछौं।”

कम्पनीले तोकिएको समयावधिभित्र कागजात नआएमा सम्बन्धित दाबी फाइल बन्द गरिने चेतावनीसमेत दिएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ग्राहकको सुविधालाई मध्यनजर गर्दै बीमा सेवा चुस्त बनाउन दाबी प्रक्रिया सरल बनाउन लागेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्