बचत खातामा दिँदै आएको बीमा सुविधा स्थगित गर्दै कुमारी बैंक « Arthapath.com
१९ असार २०८२, बिहीबार

बचत खातामा दिँदै आएको बीमा सुविधा स्थगित गर्दै कुमारी बैंक



काठमाडौं । कुमारी बैंकले आफ्ना विभिन्न बचत खातामा दिँदै आएको बीमा सुविधा स्थगित गर्ने भएको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको श्रावण ३१ गतेपछि केही खातामा प्रदान गरिँदै आएको बीमा सुविधा बन्द गर्ने निर्णय लिएको जानकारी दिएको हो।

बैंकले हालसम्म परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम तलब खाता, र कुमारी रेमिट प्रिमियम खाता जस्ता विशेष खातामार्फत ७ लाखदेखि २६ लाख रुपैयाँसम्मको बीमा सुविधा दिँदै आएको थियो। यी खाताहरूमा भने बीमा सुविधा यथावत् कायम रहनेछ।

तर, ती खाताबाहेक अन्य सबै खाताहरूमा २०८२ सालको श्रावण ३१ गतेपछि बीमा सुविधा लागू नहुने स्पष्ट गरिएको छ। साथै, असार १७ गतेपछि खोलिएका नयाँ खाताहरूमा बीमा सुविधा समावेश नहुने बैंकले जनाएको छ।

बैंकले स्पष्ट पारे अनुसार, बीमा सुविधामा पहिल्यै समावेश भइसकेका ग्राहकहरूले भने श्रावण ३१ गतेसम्मको स्वास्थ्य उपचार खर्चको बिल पेश गरी बीमा दाबी गर्न सक्नेछन्।

बैंकले बीमा सुविधा स्थगनको कारण भने खुलाएको छैन, तर आगामी दिनमा बीमा योजना पुनरावलोकन गर्दै थप व्यवस्थित र लक्षित योजनाहरू ल्याउने संकेत गरिएको छ। बैंकले ग्राहकहरूलाई सूचित रहन र आवश्यक जानकारीका लागि नजिकको शाखा वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्