लगातार चौथो दिन बढेर शेयर बजार २७ सय बिन्दु नजिक, पाैने १० अर्बको कारोबार « Arthapath.com
१९ असार २०८२, बिहीबार

लगातार चौथो दिन बढेर शेयर बजार २७ सय बिन्दु नजिक, पाैने १० अर्बको कारोबार



काठमाडाैं । आइतबार देखि लगातार बढेको सेयर बजारमा बुधबार पनि उत्साह देखिएको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ३४.६० अंकले बढेको छ ।

आज १.३० प्रतिशतले बढेकाे बजार २६ सय ९५ बिन्दुमा राेकिएकाे छ ।

यस्तै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३१७ कम्पनीकाे ३ कराेड १ लाख ८२ हजार ३४१ कित्ता खरिदबिक्रि हुँदा ९ अर्ब ७४ कराेड ४८ लाख ४३ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजाे ३ सय ९ वटा कम्पनीका १ करोड ५७ लाख कित्ता शेयर ७ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

आज सबै उपसूचकमा हरियाली छाएकाे छ । यसदिन जीवन बिमा समुह २.८५, निर्जीवन बिमा समुह २.६५, फाइनान्स समुह २.१७ प्रतिशतले बढेका छन् ।


प्रतिक्रिया दिनुहोस्