पूर्वराष्ट्रपति भण्डारीले आजैबाट त्यागिन् राज्यबाट प्राप्त सेवा सुविधा, पत्र गृहमन्त्रालयमा दर्ता « Arthapath.com
१९ असार २०८२, बिहीबार

पूर्वराष्ट्रपति भण्डारीले आजैबाट त्यागिन् राज्यबाट प्राप्त सेवा सुविधा, पत्र गृहमन्त्रालयमा दर्ता



काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्याग गरेकी छन् । नेकपा एमालेबाट राजनीतिमा सक्रिय हुने घाेषणापछि भण्डारीले आजैबाट लागु हुने गरी सो निर्णय गरेकी हुन् ।

सरकारले आफूलाई पूर्वराष्ट्रपतिका हैसियतमा दिएका सबै सेवासुविधा त्यागेको भनी भण्डारीले लेखेको निवेदन बुधबार नै गृह मन्त्रालयमा दर्ता भएको छ ।

यससँगै बुधबारदेखि नै उनले पाउँदै आएको स्वकीय सचिव, कार्यालय सहयोगीलगायतका लागि मासिक डेढ लाख रुपैयाँको नियमित सुविधा रोकिएको सरकारी स्रोतले जानकारी दिएको छ।

उनले गाडी नलिए पनि लिँदै आएको पेट्रोल सुविधा पनि बुधबारदेखि नै बन्द भएको छ । उनले सेवासुविधा त्याग गरे पनि सुरक्षा भने त्याग्न नमिल्ने सरकारी स्रोतले उल्लेख गरेको छ।

भण्डारीले गत १४ असारमा मदन भण्डारीको ७४ ‍औँ जन्मजयन्तीका अवसरमा पचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुनस् सक्रिय हुने घोषणा गरेकी थिइन् । उक्त कार्यक्रममा भण्डारीले एमालेको सदस्यता नवीकरण गराएको जानकारी सार्वजनिक रूपमा गराएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्